सम्झौतामा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्त कंसाकार र विक्रेता कम्पनी एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेको जानकारी गराइएको हो ।
निगमले दुई वाइडबडी जहाज २२ अर्ब रुपैयाँ बराबर २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ ।
सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत करिब ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ ।
अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो ।
निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ ।
निगम र एएआरबीचको सम्झौताअनुसार निगमलाई दुबै जहाज सन् २०१८ को दोस्रो त्रैमासिकमा हस्तान्तरण गरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्