Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


दाङमा १९ वटा पुल बन्ने, १ अर्ब १० करोड ८१ लाख खर्च हुने


0
Shares

तुलसीपुर घोराही सडक खण्ड अन्तर्गत ७ वटा तथा भित्रि सडक अन्तर्गत १३ वटा गरी जिल्लाका १९ स्थानमा पुल निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

कतिपय निर्माणको अन्तिम चरणमा तथा कतिपय भर्खरै शुरु भएको कार्यालयले जनाएको छ ।

यसका लागि १ अर्ब १० करोड ८१ लाख ८२ हजार रुपैयाँ खर्च हुने सूचना अधिकारी दुर्गा गौतमले जानकारी गराए ।

यी सबै पुल २०७५ सालसम्ममा बनाइ सकिने छ ।

दाङको लमही–तुलसीपुर सडक खण्डको केही स्थानमा बन्न लागेका पुल निर्माणमा ढिला हुँदा नागरिकले भने सास्ती पाएका छन् ।