शुक्रबार र शनिबार दुई दिन चलेको मार्टमा चार सयभन्दा बढी गाउँलेले लाभ लिएका थिए ।
पछिल्लो समय चर्चामा रहेको ग्रामीण पर्यटनको विकासमा यस होमस्टे मार्ट अर्थात् होमस्टेहरुको मेलाले थप टेवा पुग्ने देखिएको छ ।
गाउँ पर्यटनको एक महत्त्वपूर्ण माध्यमकारुप स्थापित होमस्टे अहिले आन्तरिकदेखि बाह्य पर्यटकहरुको रोजाइमा छ ।
सहरमा करोडौं लगानी गरी निर्माण गरिएका सानादेखि ठूला तारे होटललेमात्रै पर्यटकलाई टिकाइराख्न नसकिने अवस्थामा होमस्टेले थोरै भएपनि पर्यटकलाई आकर्षण गर्न सघाउ पुर्याउने देखिएको व्यावसायीको भनाइ छ ।
ग्रामीण भेगमा रहेका विभिन्न भेषभूषा र संस्कृतिसहितको सत्कारले होमस्टेमा पुग्ने जो–कोहीको पनि चित्ताकर्षित हुने गर्दछ । एकातिर घुमफिर, अर्कोतिर रमाइलो । देश वा घर छोडेर बिरानो ठाउँमा पुग्दा पनि पारिवारिक रमझम ।
होमस्टेको यही विशेषताले पर्यटकहरु दुःख गरेरै भएपनि हामेस्टे खोज्दै गाउँ–गाउँ पुग्ने गरेका छन् ।
पछिल्लो समय होमस्टे सबैको रोजाइको केन्द्र बने पनि त्यहाँसम्म पुग्ने ग्रामीण सडकको पहुँच नहुँदा यसलाई थप विकसित गर्न भने चुनौती थपिएको होमस्टे सन्चालक नै बताउँछन् ।
पोखरामा सम्पन्न होमस्टेको थप प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित होमेस्टे मार्ट तथा कार्यशालाले गाउँदेखि गाउँसम्म संस्कृति, खाना र पहिचानको सम्बन्ध विस्तार गर्न सघाउने पर्यटन बोर्ड, पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।









प्रतिक्रिया दिनुहोस्