Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सेयर साप्ताहिकः सामान्य गिरावट


0
Shares

यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको ६ अर्ब ५४ करोड रुपैयाँ बराबरका एक करोड १० लाख ६२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १५५ कम्पनीहरुको सात अर्ब १९ करोड रुपैयाँ बराबरका एक करोड ४० लाख बराबर कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा ९.०८ प्रतिशत कम हो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ अंकले घटेर अन्तिम दिन १६५१ अंकमा आपुगेको छ ।

समूहगत परिसूचकअन्तर्गत् यो साता जलविद्युत् समूहमा सबैभन्दा उच्च ८३ अंकको गिरावट आयो भने बीमा समूह ९४ अंकले धनात्मक रह्यो ।

यो साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको एक्सचेन्जले जनाएको छ ।

कारोबार रकमकै आधारमा नेपाल बैंकलाई नेपाल क्रेडिट एन्ड कमर्स बैंक, नेसनल लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स अनि शिखर इन्स्योरेन्सले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा माछापुच्छ«े बैंकका वोनस र हकप्रद, एनएमबी बैंक, विजय लघुवित्त वित्तीय संस्था, सिद्धार्थ बैंक, विराटलक्ष्मी बैंक, कसमस डेभलपमेन्ट बैंक अनि वोमी माइक्रोफाइनान्सका बोनस सेयर सूचीकृत भएको एक्सचेन्जले जनाएको छ ।