Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


नयाँ वर्षको अवसरमा गुराँस उत्सव आयोजना गरिने


0
Shares

गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गरिने उत्सव यही चैत ३१ र बैशाख १ गते हुने आयोजकले जानकारी गराएको छ ।

आयोजकले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग पनि गरेका छन् । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवर्द्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने उनीहरुको भनाइ छ ।

केन्द्रले चार वर्षदेखि नयाँ वर्षका अवसरमा ‘गुराँस उत्सव’ गर्दै आएको छ ।