Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सामान्य अंकले सकारात्मक रहेर थामियो शेयर बजार


0
Shares

उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले सकारात्मक रहेर १६ सय ५१ दशमलव ६० कायम भएर थामियो । कारोबार भएका मध्ये बढीजसो समूह सकारात्मक रहेसँगै नेप्से पनि धनात्मक रहन पुगेको हो ।

उत्पादनमूलक, बीमा र होटल समूह बाहेक अरु समूह सामान्य अंकले सकारात्मक रहे । उत्पादनमूलक समूहमा ३८ अंक, बीमा समूहमा ३७ अंक अनि होटल समूहमा १९ अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४१ कम्पनीको १९ लाख २६ हजार कित्ता शेयर १ अर्ब २२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।