शाखा कार्यालयको आइतबार संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौड्यालले उद्घाटन गरेका हुन् ।
बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको जनाएको छ ।
यस शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराएको बैंकले जनाएको छ । नयाँ शाखा उद्घाटनको अवसरमा यस शाखामा २०७४ बैशाख २७ गतेसम्म लकरको वार्षिक भाडा दरमा ५०५ छुटको व्यवस्था गरिएको पनि जनाइएको छ ।
हाल सन्राइज बैंकले नेपाल अधिराज्यभर ६८ वटा शाखा र ७७ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
बैंकले निकट भविष्यमा काठमाडौंको घट्टेकुलो, झापाको बुधबारे, सुर्खेतको विरेन्द«नगर तथा मकवानपुरको हेटौंडामा शाखा स्थापना गर्ने पनि जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्