राष्ट्र बैंकले तरलताको कारण देखाइ विलासिताका साधनहरु उत्पादनशील नभएकोले त्यस्ता साधनहरुमा बैंकहरुले लगानी नगर्ने–नगराउने भनी निर्णय भएको थियो ।
सोही बमोजिम हेभी ईक्यूप्मेन्टहरुलाई समेत बैंकहरुबाट ऋण लगानी नगर्ने नगराउने निर्णय भएबाट निर्माण उद्योग नै प्रभावित हुने अवस्थामा पुगेकोतर्फ महासंघले ध्यानाकर्षण गराएको जनाएको छ ।
हेभी इक्यूप्मेन्टहरुमा बैंक कर्जा लगानी नभएका कारण व्यवसायीहरुले खरिद र आयात गर्न नसकिने भएकोले राष्ट्रिय गौरवका आयोजनादेखि लिएर सबै विकास निर्माणका कार्यहरु समयमै सम्पन्न गर्न नसकिने महासंघको भनाइ छ ।
यसबाट पूँजिगत खर्चमा कमी हुन गई राज्यको आर्थिक क्रियाकलापमा नै ठूलो असर पुग्ने पनि महासंघको दाबी छ । निर्माण जगतका लागि अति आवश्यक त्यस्ता सामाग्रीहरुका लागि सहुलियत व्याजदरमा आवश्यक कर्जा प्रवाह गर्ने व्यवस्था लगायतका लागि महासंघले आग्रह गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्