Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सिमेन्टमा भएको मूल्य वृद्धि पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत


0
Shares

उद्योग मन्त्री नवीन्द्रराज जोशीको पहलमा आइतबार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरुसँग छलफल भएको थियो ।

छलफलमा उद्योग मन्त्री जोशीले पुनर्निर्माणको प्रथम चरण भर्खरै शुरु भएकाले यो समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीहरुलाई आग्रह गरेपछि उद्योगीहरुका तर्पmबाट यस्तो प्रतिवद्धता आएको हो ।

संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरुको उत्पादन लागत दक्षिण एसियामै महँगो रहेको भन्दै सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरुलाई पत्राचार गर्ने बताएको जनाइएको छ ।