Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कुलमान घिसिङ ‘पब्लिक सर्भिस ट्रेन्ड सेटर गोल्ड अवार्ड’बाट सम्मानित


0
Shares

एक प्रदेशमा कर तिरेपछि अर्कोमा तिर्नु नपर्ने व्यवस्था गरिने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५१औं वार्षिक साधारणससभाको सोमबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले एक वा सोभन्दा बढी तहमा उद्योगी–व्यवसायीले कर तिर्नुपर्ने प्रक्रियागत जटिलता हटाउनुपर्नेमा सरकार सचेत रहेको बताए ।

संघीय संरचनामा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवत–जावतमा कुनै किसिमको कर र अवरोध नहुने उनले उल्लेख गरे ।

उनले उत्पादनमूलक उद्योगहरुको विस्तारमा ध्यान दिन उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरताले मुलुक धेरै पछाडि परेको भन्दै राजनीतिक स्थिरतामा जोड दिए ।

राजनीतिक स्थिरता नहुँदा पनि व्यवसायी भने संयम भइरहेको उनको भनाइ छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपाल विकासका लागि पर्यटन क्षेत्रको प्रवद्र्धनमा जोड दिइनुपर्ने बताइन् ।

यसै अवसरमा महासंघले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित उद्योगी–व्यवसायीलाई सम्मान गरेको छ ।

घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेन्ड सेटर गोल्ड अवार्ड’बाट सम्मानित गरिएको हो ।

यस्तै, हिमालयशमशेर जबरा, पर्यटन व्यवसायी कर्ण शाक्य, वीरेन्द्रबहादुर बस्नेत, नकिम उद्दिनलाई पनि सम्मान गरिएको छ ।

यसैगरी, सम्मानित हुनेमा रुद्रराज पाण्डे, सुरेशराज शर्मा, डा.सन्दुक रुइत, अनुराधा काइराला, लक्ष्मणबाबु श्रेष्ठ, कैलाश सिरोहिया छन् ।

मरोणपरान्त सम्मानबाट विराटनगर जुट मिल्सका संस्थापक रामलाल गोल्छालाई महासंघले सम्मान गरेको छ ।