
जिल्ला निर्वाचन कार्यालयकाअनुसार पाँचओटा नगरपालिका र चारओटा गाउँपालिकामा ९५ हजार ७३० महिला, ८९ हजार ७९१ पुरुष र एक तेस्रोलिंगी गरी एक लाख ८५ हजार ५२२ मतदाता छन् ।
नयाँ सीमांकनअनुसारको साविकको वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ७९९, भेरीगंगा नगरपालिकामा २३ हजार ३७३, पञ्चपुरी नगरपालिकामा १७ हजार ३७४, गुर्वाकोट नगरपालिकामा २५ हजार ९६८ मतदाता छन् ।
यस्तै, चौकुने गाउँपालिकामा १२ हजार ६२६, बराहताल गाउँपालिकामा १३ हजार ८६०, लेकबेंसी नगरपालिकामा १७ हजार ४०८ चिंगाड गाउँपालिकामा ९ हजार ६०३ मतदाता रहेका छन् भने सिम्ता गाउँपालिकामा १४ हजार ८११ मतदाता छन् ।
जाजरकोटमा ७८ हजार ९४८ जनाले भोट हाल्न पाउने
जाजरकोटमा ७८ हजार ९४८ जनाले भोट हाल्न पाउने भएका छन् । यहाँ महिलाभन्दा पुरुष मतदाताको संख्या बढी देखिएको छ ।
प्राप्त तथ्यांकअनुसार ३६ हजार ५३६ महिला, ४२ हजार ४१० पुरुष र एक तेस्रोलिंगीले मतदान गर्न पाउने भएका हुन् ।
सातओटा स्थानीय तह रहेको जाजरकोटमा तीन नगरपालिका र चार गाउँपालिका छ ।
यहाँको ग्रामीण क्षेत्रमा थुप्रैले मतदाता नामावली भर्न छुटेका कारण मतदान गर्न नपाउने भएका छन् भने पापकपर्ने ठाउँमा मतदान केन्द्र नहुँदा भोट हाल्नेको संख्यामा कमी आउने आँकलन गर्न थालिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्