
विराटनगरमा सोमबारदेखि सुरु भएको स्थानीय तह निर्वाचन २०७४ को निर्वाचन व्यवस्थापन तथा सन्चालन प्रशिक्षणको उद्घाटन गर्दै उनले ‘वैशाख ३१ गते निर्वाचन हुनबाट कसैले रोक्न सक्दैन’ भने ।
निर्वाचनको तयारीका लागि कम्तीमा १२० दिनको आवश्यक रहेपनि सरकारले दिएको जिम्मेवारी निर्वाचन आयोगले ८३ दिनमै सम्पन्न गर्ने उनको भनाइ थियो ।
दुई चरणमा विभाजन गरी आयोजना गरिएको प्रशिक्षणमा पूर्वी नेपालमा खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु गरी १२० जनाको सहभागिता रहेको छ ।
हेटौंडामा पनि प्रशिक्षण
मकवानपुर र सर्लाहीमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुका लागि पनि हेटौंडामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयोगका सहसचिव लक्ष्मीप्रसाद यादवले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वकरुपमा सम्पन्न गर्न सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश पुष्पलता माथेमाले स्थानीय तह निर्वाचन सम्मन्न गर्न तोकिएकोले जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न आग्रह गरिन् ।
धनुषा र महोत्तरी जिल्लामा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको प्रशिक्षण पनि हेटौंडामै हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्