Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


रानी-धरान व्यापारिक लोकमार्ग ६ लेन बनाउने काम रोकियो


0
Shares

काम गरेको रकम दुई महिनादेखि नपाएको भन्दै ठेकेदारले काम रोकेको हो ।

रानी, विराटनगर, इटहरी, धरान सडक खण्ड व्यापारिक मार्ग विस्तार आयोजनाले सम्पन्न गरेको कामको करिब १५ करोड भुक्तानी नदिएकाले काम रोक्नु परेको ठेकेदार कम्पनीले जनाएको छ ।

सडक विभागले चालु आर्थिक वर्षका लागि ४० करोड रुपैयाँ निकासा गरेपनि थप रकम निकासा नगर्दा ठेकेदार कम्पनीहरुलाई पैसा भुक्तान गर्न नसकिएको आयोजनाका इन्जिनियर सुमोद पोख्रेलको भनाइ छ ।

१० अर्ब ९८ करोड रुपैयाँ लागतमा विराटनगरको रानीदेखि धरानसम्मको साविकको दुई लेन सडकलाई चौडा गरी ६ लेनको बनाउन विभिन्न कम्पनीले ठेक्का पाएका छन् ।