Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


एकै याममा दुईपटक सगरमाथा चढ्न भारतीय महिला आधारशिविरमा


0
Shares

सैँतीस वर्षीया अंशु जानसेन्पा मंगलबार (आज) आधारशिविर पुगेको ग्रिन हिमालय ट्रेकिङ कम्पनीका म्यानेजर दावा शेर्पाले जानकारी दिए ।

एकै याममा दुईपटक आरोहण गर्न लागेकी अंशुले सामान्य रुट प्रयोग गर्नेछिन् । दुईपटक आरोहणका लागि उनले पर्यटन विभागमा २२ हजार डलर बुझाएर अनुमति लिइसकेको पर्यटन विभागको पर्वतारोही शाखाका प्रमुख लक्ष्मण शर्माले जानकारी दिए ।

यसपालि ती भारतीय महिला र अन्य पर्वतारोहि विभिन्नखालका कीर्तिमान राख्ने प्रस्तावसहित निवेदन आएको शाखाले जनाएको छ ।

एक भारतीय टोलीले बिना अक्सिजन सगरमाथा चढ्ने भनेर निवेदन आएको छ । त्यस्तै, नेपालका पाका आरोही मीनबहादुर शेरचनले सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृति लिइसकेका छन् । रासस