 
	    क्षेत्रीय निर्वाचन कार्यालय पोखराले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई चरणमा पनि निर्वाचन हुन नसक्ने जिकिर गरे ।
सरकारले मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रदेश नम्बर–२ र ५ मा स्थानीय तहको संख्या थप गर्ने चर्चा चलिरहेकोबेला उनले संविधानमै दुई चरणमा निर्वाचन गर्ने व्यवस्था नभएको बताएका हुन् ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सप्तरीबाहेक ७४ जिल्लामा मतदान केन्द्रको टुंगो लागिसकेको जानकारी दिए ।
उनले ६२ जिल्लाको मतपत्र छपाइकार्य सकिएको र ५० जिल्लाको मतदाता नामावली कम्प्युटरमा राख्ने काम भएको जानकारी दिए ।
मतदाता परिचयपत्र वैशाखको २८ देखि ३० गतेसम्म मतदानस्थलबाट वितरण गर्नेसमेत पत्रकार सम्मेलनमा बताइएको छ ।
कास्कीमा १५० मतदानस्थल र ३०० केन्द्र रहनेछन् । कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्