Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


पोखरामा फेवा महोत्सव सुरु


0
Shares

पश्चिमाञ्चल होटल संघको आयोजनामा भएको महोत्सवको झन्डै १ लाख आन्तरिक एवं बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा अयोजकको छ ।

महोत्सवमा विभिन्न आकर्षक प्याकेज दिइएको छ । प्याकेजअन्तर्गत् घुमघाम, शैक्षिक भ्रमण र मधुमास पोखरा समेटिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

महोत्सवमा डुंगादौड, पर्यटकदौड र एकल नृत्यजस्ता आकर्षण रहेको जनाइएको छ ।

महोत्सव आगामी वैशाख २ गतेसम्म चल्नेछ ।