बजार परिसूचक नेप्से १७ सय माथि पुग्यो । नेप्से ३३ अंकले उकालो लागेर १७ सय ९ कायम भएको हो । कारोबार पनि झन्डै २ अर्ब पुग्यो ।
कारोबार भएका सबै समूह सकारात्मक रहे । बीमा समूह सबैभन्दा उच्च १ सय १ अंकले उकालो लाग्यो । विकास बैंक समूहमा ५६ अंकको सुधार आयो । वाणिज्य बैंक समूह ३७ अंकले बढ्यो । उत्पादनमूलक, जलविद्युत् र वित्त समूह पनि दोहोरो अंकले बढे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको ३१ लख बढी कित्ता सेयर १ अर्ब ९१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्