सहयोगसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि विश्व बैंकका देशिय निर्देशक क्युमिओ फनले हस्ताक्षर गरे ।
बैंकले दिने १० अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण सहयोग वित्तीय क्षेत्र विकास, वित्तीय प्रणालीको पुनःसंरचना, कानुनी एवं नियमनकारी ढाँचाको सवलीकरणलगायतमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।
यो कार्यक्रमका लागि विश्व बैंकले बजेटरी सहयोग गरेको हो ।
नेपाल सरकारले यसअघिको दुई चरणमा विश्व बैंकबाट १५ करोड डलर सहयोग प्राप्त गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्