पोखरा, फागुन १० । हिमालयन शेर्पा क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।
शुक्रबार पोखरा रंगशालामा भएको खेलमा धरान फुटबल क्लबलाई १–० ले हराउँदै हिमालयन अन्तिम आठमा पुगेको हो ।
हिमालयनका त्रिदेव गुरुङले खेलको ७८औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले पाँच हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत् शनिबार मनाङ–मर्स्याङ्दी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्