२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


सुनसरीमा मतदान स्थलको निरीक्षण सुरु


0
Shares

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, प्रहरी प्रमुख एसपी पोषराज पोखरेल, जिल्ला निर्वाचन अधिकारी जानकी कर्णलगायत सुरक्षा निकायका प्रतिनिधिले जिल्लाका मतदानस्थलको अनुगमन गरेका हुन् ।

२ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरीमा १ सय ६५ मतदान स्थल तोकिएको छ ।

जिल्ला सुरक्षा समितिले मतदानस्थलको अनुगमन गरी सुरक्षा व्यवस्था सुदृढ बनाइ शान्तिपूर्वक निर्वाचनसम्पन्न गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

टोलीले कोशी, बर्जु र कप्तानगन्ज गाउँपालिकाको मतदानस्थलको अनुगमन गरेको थियो ।