
निर्वाचनमा भाग लिने ८० मध्ये ५५ दलले आधिकारिक दस्तखत आयोगसमक्ष पेस गरेका हुन् ।
निर्वाचन कार्यतालिकाअनुसार बुधबार (आज) साँझसम्म आधिकारिक दस्तखत आयोगसमक्ष पेस गरिसक्नुपर्नेछ ।
प्रमुख दल नेपाली कांग्रेससहित अरु साना १० दलले अझै आधिकारिक दस्तखत बुझाउन बाँकी छ ।
नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरुले यसअघि नै आधिकारिक दस्तखत बुझाइसकेको छन् ।
आधिकारिक उम्मेदवारको सन्दर्भमा दलहरुले आयोगसमक्ष बुझाएको दस्तखतलेमात्र मान्यता पाउनेछ ।
यसैबीच, निर्वाचन आयोगले देशभर निर्वाचन केन्द्रको टुंगो लागेको जानकारी दिएको छ ।
बाँकी रहेको प्रदेश नम्बर–२ मा पनि निर्वाचन केन्द्र तोकिसकेको र मतदान केन्द्र तोक्न बाँकी रहेको आयोगले जनाएको छ ।
वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारी तीव्रगतिमा भइरहेको र अब छिट्टै राजनीतिक दलहरुलाई अन्तिम मतदाता नामवली प्रदान गर्ने कार्यमा लाग्ने आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।
निर्वाचन आयोगमा ११३ दल दर्ता भएपनि स्थानीय निर्वाचनमा भने ८० दलहरुलेमात्र भाग लिने निश्चित भएको आयोगको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्