 
	    दस्तखत बुझाएपछि पत्रकारसँग कुरा गर्दै रक्षामन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले मेयर र उपमेयर पदको मनोनयन दर्तामा पार्टी सभापति शेरबहादुर देउवा र बाँकी पदको मनोनयन दर्ताका लागि पदाधिकारी र केन्द्रीय सदस्यले दस्तखत गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
पार्टी केन्द्रीय समितिको निर्णयसहित दस्तखत बुझाउन मन्त्री खाँण, परराष्ट्रमन्त्री एवं केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, मुख्यसचिव कृष्णप्रसाद पौडेल आयोग पुगेका थिए ।
दलको आधिकारिक दस्तखत बुझाउने बुधबार अन्तिम दिन अहिलेसम्म ६३ राजनीतिक दलले आधिकारिक दस्तखत आयोगमा बुझाएका छन् ।
स्थानीय तहको निर्वाचनका लागि वैशाख ३१ गते मनोनयन दर्ता गर्दा उम्मेदवार कुन दलको हो भन्ने छुट्याउन र दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले दलको आधिकारिक दस्तखत माग गरेको थियो । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्