 
	    निर्वाचन तालिकाअनुरुप वैशाख १० गतेसम्म मतदानका लागि आवश्यक सामग्रीहरु जिल्लासम्म पुर्याइसक्ने आयोगको कार्यतालिका रहेको छ ।
निर्वाचनका लागि आवश्यक मतपेटिका चीनबाट नेपाल ल्याउने काम भइरहेको आयोगले जनाएको छ ।
वैशाख ३१ गतेको निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम पनि तीव्र बनाइएको आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।
मतदाता शिक्षा प्रदान गर्न जिल्लाहरुमा स्वयंसेवक खटाइएको मैनालीको भनाइ छ ।
यसैबीच, आयोगले अबको केही दिनभित्रमा मतदाताको अन्तिम नामावली राजनीतिक दलहरुलाई उपलब्ध गराउने तयारी पनि गरेको छ ।
अन्तिम नामावली प्रकाशनको गृहकार्य अन्तिम चरणमा पुगेको आयोगको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्