Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


पर्यटक आकर्षित गर्न फिदिममा भ्यु टावर बन्दै


0
Shares

भ्यू टावरको निर्माण यसै आर्थिक वर्षबाट शुरु हुने नयाँ शहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिए ।

यस वर्ष भ्यू टावर निर्माणका लागि १४ लाख रुपैयाँ विनियोजन गरिएको छ । भ्यू टावर निर्माण गर्न स्थानीयले ६ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथिभरा, पाँचथरका विभिन्न स्थान, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भारत र चीनका सीमानासमेत दृश्वलोकन गर्न सकिने बताइएको छ ।