Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


च्यासलसित हार्दै मनाङ तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो


0
Shares

बुटवल, फागुन ९ । ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

बिहीबार भएको खेलमा मनाङलाई ‘ए’ डिभिजन प्रतिद्वन्द्वी च्यासल युथ क्लबले १–० ले पराजित गरेको हो ।

च्यासलका अर्मन्ड मोयेले ४९औं मिनेटमा गरेको गोल नै मनाङलाई पराजित गर्न काफी भयो ।

जितसँगै च्यासलले शनिबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रतिद्वन्द्वी पाएको छ ।

शुक्रबारको खेलमा आयोजक रुपन्देही–११ ले क्यामरुनको दाउफिन्स क्लबसित खेल्नेछ ।

प्रतियोगिताको उपाधि विजेताले रनिङ गोल्डकपसँगै नगद ८ लाख ८० हजार तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सन्चालित प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।