Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा


0
Shares

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगले जिल्लाका मुख्य न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत तोकेर काम अघि बढाएको हो ।

देशभर मुख्य निर्वाचन अधिकृत र अधिकृत गरी ७४४ जना नियुक्त गरी काम अघि बढाइएको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यस्तै, निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

सोमबार (भोलि)सम्ममा आन्तिम मतदाता नामावली सार्वजनिक गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

यसैबीच, काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा सन्चालनमा ल्याइएको छ । आइतबार एक कार्यक्रम गरी निर्वाचन कार्यालय सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत तथा अरु नगरिपालिकाका लागि १० जना अधिकृत छनोट गरिएको हो ।

आयोगले ७४४ ओटै स्थानीय तहमा सम्पर्क अधिकृत पनि छनोट गरेको छ । ती स्थानमा भने वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

निर्वाचन कार्यालयमा अरु सामग्री पुगिसकेपनि मतदाता नामावली वैशाख ६ गते बेलुकासम्म उपलब्ध हुने निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौंको ३ सय २० ओटा बुथको मतपेटिका र निर्वाचन आसपास क्षेत्रको सुरक्षा जिम्मा नेपाल प्रहरी र म्यादी प्रहरीले लिएको काठमाडौंका एसएसपी छविलाल जोशीले जानकारी दिए ।