Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


खेलाडी छनोट सुरु


0
Shares

झापा, फागुन ९ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर–१ बाट टेबलटेनिस खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको छनोट प्रक्रिया सुरु भएको छ ।

बिहीबारदेखि झापाको काँकडभिट्टास्थित कभर्डहलमा भएको छनोट प्रतिस्पर्धा तीन दिनसम्म चल्नेछ ।

पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना र झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगितामा प्रदेश–१ को धनकुटाबाहेक १३ जिल्लाका ६४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

छनोटमा परेका ५ महिला र ५ पुरुष खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने पाउनेछन् ।