Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आयोजक सहारा आहा ! रारा गोल्डकपको उद्घाटन खेलबाटै बाहिरियो


0
Shares

पोखरा, फागुन ९ । आयोजक सहारा क्लब आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाटै बाहिरिएको छ ।

बिहीबार पोखरा रंगशालामा भएको प्रतियोगिताको १७औं संस्करणको उद्घाटनमा सहारा सशस्त्र प्रहरीको एपीएफ क्लबसित ‘सडनडेथ’मा ५–४ ले पराजित भएको हो ।

निर्धारित् ९० मिनेट र थपिएको ३० मिनेटको समयमा पनि निर्णय हुन नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको हो ।

यसअघि, खेलको १७औं मिनेटमा सहाराका विनोद गुरुङले गोल गरेकामा त्यसको एक मिनेटपछि नै सशस्त्रका आशिष लामाले बराबरी गोल गरेका थिए ।

जितसँगै सशस्त्र क्वार्टरफाइनलमा पुगेको छ ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले ८ लाख एक हजार तथा उपविजेताले ४ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।