२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


काभ्रेमा पाँचओटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत महिला


0
Shares

जिल्लाका १३ ओटा निर्वाचन क्षेत्रमध्ये पाँचमा महिला निर्वाचन अधिकृत रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मधुकर पोख्रेलले बताए ।

पनौती नगरपालिकामा दुर्गादेवी देवकोटा, पाँचखाल नगरपालिकामा विष्णुकुमारी भट्टराई, बनेपा नगरपालिकामा कमला गिरी भारती, मन्डन देउपुर नगरपालिकामा सिर्जना तिवारी र भुम्लु गाउँपालिकामा लक्ष्मीदेवी हुमागाइँ निर्वाचन अधिकृत रहेका छन् ।

तिनीहरुमा पनौती, बनेपा, पाँचखाल र मन्डन देउपुर नगरपालिकाका निर्वाचन अधिकृत सम्बन्धित नगरपालिकाका कार्यकारी अधिकृत नै रहेका छन् भने भुम्लु गाउँपालिकाको निर्वाचन अधिकृतमा भक्तपुर जिल्लाको सहायक प्रजिअ रहेका छन् ।

जिल्लामा ६ नगरपालिका र सात गाउँपालिका गरी १३ ओटा निर्वाचन केन्द्र रहेका छन् । रासस