२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


वैशाख २७ गतेदेखि मतदाता परिचयपत्र वितरण


0
Shares

आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्रगतिमा अघि बढाएको छ ।

मतपत्र र मतदाता परिचयपत्र छपाइ धमाधम भइरहेको भन्दै आयोगले मतपेटिका र आवश्यक सामग्री पनि जिल्ला–जिल्लामा पुर्‍याउने काम गरिरहेको छ ।

वैशाख २७ गतेदेखि चुनावको अघिल्लो दिनसम्म मतदाता परिचयपत्र वितरण गर्ने तयारी गरिएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

मतदाताले आफ्नो मतदाता परिचयपत्र आफ्नो निर्धारित् मतदान केन्द्रबाट लिन सक्ने जनाइएको छ ।

वैशाख ३१ गते हुने मतदानका लागि मुलुकभर १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता रहेका छन् ।

निर्वाचनका लागि २१ हजार मतदान केन्द्र तोकिएको छ ।