
वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट सम्पन्न गर्न भन्दै आयोगले निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।
तर, आचारसंहिता उल्लंघन हुनेक्रम बढ्न थालेपछि आयोगले निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न सबैपक्षको ध्यानाकर्षण गराएको हो ।
आयोगले निर्वाचनकाक्रममा गर्न हुने र नहुने कार्य उल्लेख गरी आचारसंहिता पुस्तिका जारी गरेको छ ।
निर्वाचनको मिति घोषणा भएदेखि नै आचारसंहिता लागू भइसकेको भन्दै आयोगका सचिव गोपीनाथ मैनालीले कडाइका साथ त्यसको पालना गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्