आगामी निर्वाचनलाई युवा नेतृत्व तथा युवाका मुद्दाहरूलाई प्रवद्र्धन गर्ने अवसरकारुपमा उपयोग गर्न तथा युवाका मुद्दाहरूलाई ध्यान दिन माग गर्दै विभिन्न संघ–संस्थाहरू सम्मिलित ‘युथ भोट नेपाल’ले बुधबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै राप्रपा प्रवक्ता रोशन कार्की र माले महासचिव सीपी मैनालीले यस्तो बताएका हुन् ।
साथै, उनीहरूले निर्वाचनपश्चात् हरेक स्थानीय तहमा युवा डेस्क स्थापना गरी हरेक वर्ष युवाहरूको स्थितिपत्र सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाए ।
कार्कीकाअनुसार उनको पार्टीले महिलाका सवाल र दिगो विकास लक्ष्यलाई प्रवद्र्धन गर्न पनि अबदेखि विशेष ध्यान दिनेछ ।
त्यसैगरी, मैनालीले चुनावकाक्रममा हुनसक्ने बालअधिकार उल्लंघनका घटनाबारे आफ्नो पार्टी गम्भीर रहेको भन्दै आफ्नो पार्टीबाट त्यस्तो हुन नसक्ने बताए ।
युथ भोट नेपालको राजनीतिक दलहरूलाई युवा नेतृत्व र युवाका सवालहरूकाबारेमा ध्यानाकर्षण गराउने उद्देश्यका साथ विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग भेटघाट गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस्