फाइल फोटो
मोरङको उर्लाबारीमा बुधबार दिउँसो नेकपा माओवादी केन्द्र नगर कमिटीले आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेतासमेत रहेका कार्कीले सरकारको अहिलेको प्राथमिकता निर्वाचन रहेको बताए ।
केही शक्ति अहिले पनि निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको भन्दै मन्त्री कार्कीले भने–‘निर्वाचनपछि गाउँगाउँमा अधिकार पुग्ने भएपछि निर्वाचन रोक्न खोजिँदैछ । तर, सरकारले जसरी भएपनि निर्वाचन गराएरै छाड्छ ।’
अहिले पनि मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन सम्पन्न गराउने प्रयास भइरहेको बताउँदै उनले मोर्चा सहमत भए संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ लैजान सरकार तयार रहेको बताए । रासस





प्रतिक्रिया दिनुहोस्