
स्थानीय तहको निर्वाचनका लागि आयोगले ६ आकारको मतपत्र छपाइ गरेको छ ।
मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।
मुलुकमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानका लागि निर्वाचन हुन लागेको हो ।
यो निर्वाचनबाट १३ हजार ३६० महिला उम्मेदवार निर्वाचित हुनेछन् भने ६ हजार ६८० वडाबाट एक–एकजना दलित महिला पनि चुनिनेछन् ।
स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजार ६३९ जना निर्वाचित हुने आयोगले जनाएको छ । रासस
यहाँ क्लिक गरी आफ्नो जिल्लाअनुसार (पीडीएफ) हेर्न सक्नुहुनेछ
प्रतिक्रिया दिनुहोस्