आर्थिक वर्ष २०७३/०७४ चैत महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्ब ६५ अर्ब १६ करोड रहेकोमा रु. १ खर्ब ७२ अर्ब १७ करोड बराबर संकलन भइ लक्ष्यको तुलनामा १०४ प्रतिशतको प्रगति भएको जनाइएको छ ।
यो गत वर्षको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
शीर्षकगतरूपमा आयकरतर्फ रु. ९५ अर्ब ३९ करोड, मूल्य अभिवृद्धि कर रु. ४३ अर्ब ५ करोड र अन्तःशुल्कतर्फ रु. ३२ अर्ब ३६ करोड बराबर संकलन भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्