Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


बैतडीमा ठूला पार्टीमा आकाङ्क्षी बढी


0
Shares

एकै नगरपालिका र गाउँपालिकाबाट धेरै जना आकाङ्क्षी भएकाले अहिलेसम्म उम्मेदवार छनोट गर्न नसकेको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस बैतडीबाट पाटन नगरपालिकामा गौरी रावल, सिद्धराज भट्ट, केशव चन्द, रमेश कोली, दशरथचन्द नगरपालिकाबाट नरेन्द्र थापा, पिएन लेखक, भीमदत्त पाण्डे, लालबहादुर चन्दको नाम चर्चामा रहेको छ ।

यस्तै, मेलौली नगरपालिकामा प्रेम चन्द, कृष्ण नायक, र पुर्चौडी नगरपालिकाबाट दीपक बम, अमर विष्ट, दलबहादुर विष्टको नाम चर्चामा रहेको कांग्रेस बैतडीले जनाएको छ ।

यस्तै, नेकपा एमालेबाट पाटन नगरपालिकामा लोकेन्द्र विष्ट, नरेस विक, चमन भण्डारी, दशरथचन्द नगरपालिकाबाट महादेव भट्ट, देवदत्त भट्ट, पूर्णदेव भट्ट र पार्वती भट्टको नाम चर्चामा रहेको छ ।

पुर्चौडी नगरपालिकाबाट कर्णबहादुर कुँवर, हर्कबहादुर धानुक र मेलौली नगरपालिकाबाट शेरबहादुर चन्द, कालु चन्द, लक्ष्मण भट्ट, वीरसिंह विष्ट, बलदेव पोख्रेल, गौरी भट्ट र जगदीश नायकको नाम चर्चामा रहेको एमाले प्रचारप्रसार विभाग उपप्रमुख शेरबहादुर चन्दले जानकारी दिए ।

साथै, नेपाली कांग्रेसको सुर्नया गाउँपालिकामा वीरबहादुर विष्ट, विष्णुदत्त अवस्थी, सिगास गाउँपालिकामा हरिसिंह धामी, खकेन्द्र धामी, पञ्चेश्वर गाउँपालिकामा दिनेश चन्द, रमेश भण्डारी, शिवनाथ गाउँपालिकामा कर्ण साउद, तेजबहादुर चन्द, दोगडाकेदारबाट घनश्याम भट्ट, तीर्थबहादुर विष्ट, गोपाल कार्कीको नाम चर्चामा रहेको जनाइएको छ ।

यस्तै, एमालेले जिल्लाका प्रत्येक वडामा उम्मेदवार छनोट गरिरहेको र त्यसपछि मात्र नगरपालिका र गाउँपालिकामा उम्मेदवार छनोट गर्ने जनाएको छ । कांग्रेस र एमाले उम्मेदवार छनोटमा व्यस्त भएको बेला नेकपा माओवादी केन्द्र बैतडीले भने चार नगरपालिका र चार गाउँपालिकामा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । (रासस)