२०७१ सालमा पञ्चवर्षीय योजना बनाएर तीनजुरे डाँडाभित्र ढुङ्गा तथा गुराँस पार्क निर्माण शुरु गरिएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
पार्कभित्र करिव ७६ लाख रुपैयाँ खर्चेर २ सय मिटरभन्दा अग्लो शिवको मूर्ति, जंगली जनावरको आकृति, प्राकृतिक रुपमा रहेका ढुंगाको विभिन्न आकृति र वनभोजस्थल बनाइएको छ ।
त्यस्तै, आँखा आकृतिको पोखरी निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधारको काम आधाभन्दा बढी सकिएकाले तीनजुरे घुम्न आउने पर्यटकलाई पार्कभित्र प्रवेश दिन थालिएको छ ।
भौतिक पूर्वाधार बनाउन पर्यटन विकास कार्यालय काँकडभिट्टाले ४५ लाख रुपैयाँ र नयाँ शहर विकास कार्यालय वसन्तपुरले ३१ लाख रुपैयाँ खर्च गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्