राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहेका उनले ‘सरकार लचकतासाथ समस्या समाधान गर्न तयार रहेको छ’–भने ।
मोर्चा सहमतिमा आउने अवस्थामा निर्वाचन दुई चरणमा निर्वाचन गराउन सरकार, सत्तारुढ दलहरु र प्रतिपक्षी दलसमेत सहमत रहेको उनको भनाइ थियो ।
सो अवसरमा राप्रपाले स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा पूर्वप्रमुख मधु अधिकारीलाई उम्मेदवार बनाउने घोषणासमेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्