
भारतीय सेनाबाट अवकासप्राप्त लिला लामिछानेले ८ वर्षअघि सेतीको छेउमा ५२ रोपनी जग्गा खरिद गरेका थिए । तर, सरकारले उद्योगका लागि नयाँ मापदन्ड ल्याएपछि क्रसर उद्योगको सपना चकनाचुर बन्यो ।
केहि समय अन्योलमा रहेका लामिछानेले व्यावसायिक कृषिफार्मको सोच ल्याए । ढुंगा, गिटी, बालुवाले भरिएको जमिनमा उनले अहिले तरकारी खेती र पशुपालन गरेका छन् । सो फार्म युवाहरुका लागि प्रेरणाको स्रोतसमेत बनेको छ ।
धेरै युवाहरु वैदेशिक रोजगारतर्फ आकर्षण भएकोबेला लामिछानेको फार्ममा दैनिकजसो अवलोकनका लागि कृषकहरु जाने गरेका छन् ।
लामिछानेले नमुना अर्गानिक कृषि तथा पशु विकास फार्ममार्फत् ८ जनालाई रोजगारीसमेत दिएका छन् ।
फर्ममा माछा, भैंसी, बाख्रा, कुखुरा रहेका छन् । टनेल बनाएर तरकारी खेतीसमेत गरेका छन् । फार्मबाट दूध, तरकारी, मासु बेच्ने गरेको लामिछाने बताउँछन् ।
तीन करोड रुपैयाँको लगानीमा सुरु गरेको फार्ममा हालसम्म सरकारी तहबाट पाउनुपर्ने सुविधा भने नभएको गुनासो लामिछानेको छ ।
लामिछानेले तीनओटा पोखरीमा माछापालन, ६० ओटा भैंसी, एक सय बाख्रा र ८ हजार लोकल कुखुरा पालेका छन् ।
कास्कीमा साना–ठूला गरी ६० भन्दा बढी कृषिफार्महरु छन् ।









प्रतिक्रिया दिनुहोस्