Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


नेप्सेमा साढे ३ अंकको गिरावट


0
Shares

बुधबार ५० अंकले बढेको नेप्से यसदिन साढे तीन अंकले झरेर १६ सय ५८ बिन्दूमा आइपुग्यो । मंगलबार भने नेप्से ४० अंक बराबरले ओर्लिएको थियो ।

कारोबार सुरुआती समयमा नेप्से बढेर १६ सय ८३ बिन्दू पार गरेपनि अन्तिम समयमा झर्दै ऋणात्मक बनेको हो ।

यसदिन बीमा, होटल र अन्य समूहमा वृद्धि आयो भने अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

यसदिन १ सय ४३ कम्पनीको १८ लाख कित्ता सेयर १ अर्ब ३८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।