Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


१३औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमन्डपमा सुरु


0
Shares

प्रदर्शनीको विहीबार उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे ।

लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको पाँचदिने प्रदर्शनीमा २ सय १५ ओटा अवलोकनकक्ष राखिएका छन् ।

मेलामा स्वदेशीसहित भारत, पाकिस्तान, बंगलादेश र चीनका स्टल रहेको महासंघले जनाएको छ ।

प्रदर्शनीमा हस्तकलाका सामग्री, छालाजन्य वस्तु, हर्वलका उत्पादनलगायतका वस्तु राखिएका छन् ।