Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह


0
Shares

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा व्यक्त लगानी प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले चालिरहेको कमदबारे नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी गराउँदै मन्त्रालयले उनीहरुमार्फत् लगानीका लागि आग्रह गरिएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले राजनीतिक दल पनि लगानीको सुरक्षाप्रति प्रतिबद्ध रहेको बताइसकेको भन्दै केही आन्तरिक विषयको व्यवस्थापनमा पनि सरकार गम्भीर भएर लागिरहेको बताए ।

लगानीकर्ताहरुले विगतमा औंल्याएका लगानीका लागि अप्ठ्यारा कतिपय ऐन–नियममा सुधार गरिसकेको र कतिपय ऐनहरु निर्माणको अन्तिम चरणमा रहेको उनले बताए ।

उद्योग मन्त्रालयले दोस्रो चरणको आर्थिक सुधार कार्यक्रमलाई अगाडि बढाइरहेको भन्दै उनले लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धतालाई परिणाममा उतार्न उद्योग मन्त्रालय नेपालस्थित विदेशी कूटनीतिक नियोगहरुसँग समन्वयात्मक ढंगले अगाडि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुले लगानी सम्मेलनमा आएको लगानी प्रतिबद्धता व्यवहारमा उतार्ने वातावरण बनाउन आग्रह गरे ।

उनीहरुले पछिल्ला दिनमा नेपालले लिएको लगानी नीतिको स्वागत गर्दै थप वातावरणका लागि पनि आग्रह गरेका छन् ।

उनीहरुले एकद्धार नीति, श्रम ऐनलगायतका विषयमा भएका उपलब्धिबारे जिज्ञासा राखेका थिए ।