Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


काठमाडौंलाई हराउँदै अत्तरिया फाइनलमा


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन ८ । सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वालिफायर्समा साविक उपविजेता काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया फाइनलमा पुगेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो ।

अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । सन्नी पटेलले २८ रनको योगदान गरे । सुविन्धु पाण्डेले १६ रन बनाएको इनिङ्समा जयकिशन कोल्सावालाले १३ रन जोडे ।

बलिङतर्फ काठमाडौंका अंकित दबास र सूर्य तामाङले समान २/२ विकेट लिए ।

जवाफमा काठमाडौंले १८ ओभर २ बलमा ‘अलआउट’ हुनुपूर्व ६९ रनमात्रै बनाउन सक्यो ।

काठमाडौंका लागि गौरव तमोरले सर्वाधिक २६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले समान ११/११ रन जोडे ।

अत्तरियाका सन्नी पटेलले सर्वाधिक ३ विकेट लिए । भुवन कार्की र कमल सिंहले २/२ विकेट झारे ।

अब काठमाडौंले फाइनल प्रवेशका लागि फेरि एकपटक रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।