Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति गठन, घोषणापत्र ११ गते सार्वजनिक गरिने


0
Shares

शुक्रबार पार्टी अध्यक्ष थापाको अध्यक्षतामा बसेको कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय कार्यसम्पादन समितिसमेत गठन गरेको छ । अध्यक्ष थापाकै अध्यक्षतामा गठित कार्यसम्पादन समितिमा लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर ज.ब.रा., दिपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ्ग, टंक ढकाल, विक्रम पाण्डे, रामचन्द्र राय, धुव्र बहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवलशम्शेर राणा, जयन्त चन्द, सुनिल बहादुर थापा, नवराज सुवेदी, बालाराम घर्तिमगर र हरि बहादुर बस्नेत सदस्य रहेका छन् ।

बैठकले वैशाख ३१ गते हुने ऐतिहासिक स्थानीय तहको निर्वाचनको महत्वपूर्ण अभ्यासमा सवैको सहभागिता हुनु पर्नेमा जोड दिदैं आन्दोलनरत मधेश केन्द्रीत दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार, सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दललाई आह्वान गरेको छ । लचकता प्रदर्शन गरेर भए पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेश केन्द्रीत दलहरुलाई पनि राप्रपाले अनुरोध गरेको छ ।

पार्टीको घोषणा पत्र वैशाख ११ एक समारोहका बीच सार्वजनिक गरिने प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Skip This