Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


विश्व बैंकमा नेपालको प्रशंसा


0
Shares

अमेरिकाको वासिंगटन डीसीमा हालै भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक वृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाई बधाइ दिएको जनाइएको छ ।

नेपालको आर्थिक विकासलाई अझ तीव्र पार्न सहयोग गर्न आइडीए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने जानकारी पनि उनले गराएको जनाइएको छ ।

यसले सन् २०१८ मा नेपालकोे आर्थिक वृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले बताएको जनाइएको छ ।