
काठमाडौं, असार २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सम्पदालाई पर्यटन र जनजीवनसँग जोड्नसके फाइदा लिनसकिने बताएका छन् ।
कैलाशकुट भवनको अध्ययन, अनुसन्धान तथा काठमाडौंको हाँडीगाउँलाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्ने विषयमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले हाँडीगाउँको सम्पदा संरक्षण गरी पर्यटन क्षेत्रकारुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले वर्षायाम सकिएलगत्तै हाँडीगाउँ क्षेत्रको उत्खनन्, अध्ययन र अनुसन्धान सुरु गरिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्