Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मन्त्री डा.महत भन्छनः ‘दुई चरणमा निर्वाचन हुने संभावना छ’


0
Shares

आज (शनिबार) विहान भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै डा.महतले मधेसी मोर्चा निर्वाचनको आन्तरिक तयारीमा जुटेकोले मोर्चालाई निर्वाचनमा ल्याउन केही प्राविधिक विषयका कारण दुई चरणमा स्थानीय तहको निर्वाचन हुन सक्ने संकेत गरे ।

उनले भने,“हामी अहिले एउटै मितिमा निर्वाचन गर्ने तयारीमा र्छौं, तर समग्र समस्या कठिनाईलाई मिलाउँदै जाँदा दुई चरणको निर्वाचन एउटा संभावना पनि हो ।”

मन्त्री महतले सरकारको कोशिश भने देशभर एकै चोटी निर्वाचन होस् भन्ने रहेको बताए । उनले भने,“एकै चरणमा कहि चुनाव हुन नसके अर्को चरणमा छुटेको ठाउँमा चुनाव त हुनै पर्यो ।’

मन्त्री महतले मधेसी मोर्चाको मागलाई संवोधन गर्न परिमार्जन सहितको संविधान संशोधन संसदमा दर्ता गरि सकेको भन्दै यो भन्दा थप परिमार्जन हुन नसक्ने स्पष्ट पारे ।

उनले यो भन्दा अघिल्लो पटक दर्ता गरिएको संशोधन गर्न छुटेका विषयलाई अहिलेकोमा दर्ता गरिएको भन्दै अब हरेक पटक संविधान संशोधन गर्न नसकिने बताए ।

फरक प्रसंगमा मन्त्री महतले राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच दिने भारत भ्रमणले थप दुई देशको सम्बन्ध बढाउन टेवा पुगेको बताए । मन्त्री महत पार्टीको आन्तरिक भेटघाटको क्रममा आज विहानै चितवन आएका हुन् ।

Skip This