२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


गायक विष्णु खत्री उम्मेदवारमा सिफारिस


0
Shares

केन्द्रको गलकोट नगर समितिको बैठकले खत्रीसँगै पोलिटब्यूरो सदस्य फमलाल न्यूरे, केन्द्रीय सदस्य ज्ञामनाथ गैरे र तिलक उप्रेतीलाई उम्मदेवारमा सिफारिस गरेको हो ।

उम्मदेवारको अन्तिम टुंगो भने केन्द्रको ४ नम्बर प्रदेश समितिले लगाउने जनाइएको छ । गायक खत्री केन्द्रको गलकोट नगर समिति सदस्यसमेत हुन् ।

उप–प्रमुख पदमा भने जिल्ला सदस्य ललिता थापालाई सर्वसम्मत् उम्मदेवारकोरुपमा सिफारिस गरिएको नगर समितिका उपाध्यक्ष गंगा भुजेलले जानकारी दिइन् ।

‘सम्भावित उम्मदेवारको सूची प्रदेश समितिमा सिफारिस गरेका छौं’–उपाध्यक्ष भुजेलले भनिन्–‘उम्मदेवारको अन्तिम टुंगो प्रदेश समितिले लगाउनेछ ।’

केन्द्रले गलकोट नगर क्षेत्रमा आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । रासस