Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


वडाध्यक्षको उम्मेदवार हुन तीन शिक्षकको राजीनामा


0
Shares

कांग्रेस र एमालेद्वारा वडाध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका हुन् ।

यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका–७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका–७ सुरुम्खिमस्थित हिरिन्टार प्राथमिक विद्यालयका शिक्षक भूमिप्रसाद तामाङ रहेका छन् ।

सुर्के माविका प्रअ खड्काले कांग्रेसद्वारा मिरेङ्देन गाउँपालिका–७ को वडा अध्यक्षको टिकट पाएका छन् भने कुलप्रसाद लिम्बूले एमालेद्वारा मैवाखोला गाउँपालिका–५ को वडाध्यक्षको टिकट पाएको बताइएको छ ।

यता, सिदिङ्मा गाउँपालिका–७ को वडाध्यक्षका लागि एमालेद्वारा नै टिकट पाएपछि अस्थायी शिक्षक भूमि तामाङले राजीनामा दिएका हुन् ।

खड्का ३३ वर्ष, लिम्बू २३ वर्ष र तामाङ १९ वर्षसम्म शिक्षण पेसामा आवद्ध थिए ।

तीनैजना शिक्षकले अब राजनीतिमा होमिनकै लागि जिल्ला शिक्षा कार्यालय ताप्लेजुङमा राजीनामा बुझाएको बताए । रासस