२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


माओवादी केन्द्रले मनाङका तीनओटा गाउँपालिका प्रमुखको उम्मेदवार टुंगो लगायो


0
Shares

यसैक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समिति मनाङले जिल्लाका तीनओटा गाउँपालिकाका प्रमुखका उम्मेदारको टुंगो लगाएको छ ।

चारओटा गाउँपालिका रहेको मनाङमा माओवादी केन्द्रले नासुङमा वेदबहादुर गुरुङ, नेस्याङमा याङडुङ गुरुङ र चामेमा पासाङ विष्टलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

केन्द्रले नाल्र्फु गाउँपालिकाका प्रमुखको उम्मेदवार भने टुंगो लगाउन सकेको छैन ।

यसैगरी, माओवादी केन्द्रले अधिकांश वडाध्यक्षका उम्मेदवारको पनि टुंगो लगाइसकेको जनाएको छ ।